निर्धारित समयभन्दा आधा घण्टा ढिलो जनकपुर आइपुगे मोदी, विमानस्थलमा भव्य स्वागत

शुक्रबार, बैशाख २८, २०७५



जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले मोदीलाई स्वागत गरे । स्वागत गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरू, सांसदहरू विमानस्थल पुगेका थिए ।

एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा पुगेका हुन् । मोदी निर्धारित समयभन्दा आधा घण्टा ढिलो जनकपुर आइपुगेका हुन् ।  ओली अवतरण गर्नुअघि नेपाली सेनाको हेलिकोप्टरले हवाई गल्ती गरेको थियो । जानकी मन्दिरमा भने मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । ओली मोदीको स्वागत गर्न कुर्ता र गम्छा भिरेर जानकी मन्दिर पुगेका हुन् ।

जानकी मन्दिरमा पूजापाठ र जनकपुरको बाह्र बिघा मैदानमा करिब एक घन्टा लामो नागरिक अभिनन्दन सकिएलगत्तै भारतीय सेनाको हेलिकोप्टरबाट मोदी काठमाडौं आउने कार्यक्रम छ । मोदीको अभिनन्दनस्थल रंगभूमिमा हजारौंको उपस्थित रहेको छ ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank