नेपाल आउने विदेशीमाथि कडाई, जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गर्ने

मङ्लबार, बैशाख १८, २०७५



काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि आन्तकिर गृहकार्य सुरु गरेको छ । राजधानी काठमाडौं र जनपुरलाई केन्द्रमा राखेर सुरक्षा रणनीति बनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षाका लागि गृहमन्त्री रामबहादुर थापा आफै सक्रिय भएका छन् । उनी मंगलबार जनपुर पुगेका छन् । आगामी वैशाख २८ मा भारतीय प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । पटनाबाट सिधै जनकपुर आउने र त्यसपछि काठमाडौं आउने योजना रहेको छ । जनपुरमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् । भारतीय प्रधानमन्त्रीको भ्रमणमा धेरै सुरक्षा चुनौती रहेको भन्दै गृहले २ साताअघिदेखि तयारी थालेको हो । मोदी जनकपुरधाम जाने भएकाले पनि सुरक्षा निकाय जनपुरमा पनि हाइहलर्टमा रहेको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षा तयारीका लागि आन्तरिक रुपमा गृहकार्य भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

प्रहरीले नेपाल आउने विदेशीहरुमाथि निगरानी सुरु गरिसकेको छ। स्रोतका अनुसार शंकास्पद विदेशीहरुको सूची अध्यागमन विभागबाट लिएर उनीहरुमाथि निगरानी सुरु गर्न प्रहरीलाई निर्देशन दिइएको छ। नेपाल भारत सीमामानामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मोदीको नेपाल भ्रमणको तयारी स्वरुप भारतीय सुरक्षा अधिकारीहरु काठमाडौं आइसकेका छन् ।

भारतको आन्तरिक गुप्तचरी हेर्ने निकाय इन्टेलिजेन्स ब्युरो आइबी उपसचिव सुरभी शर्मा बुधबार नेपाल आएकी छिन् । मंगलबार गृहमन्त्री रामबहादुर थापाले मंगलबार जनकपुरको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। उनले सुरक्षा अवस्था थप सुदृढ बनाउन जनकपुरस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग सुरक्षा अवस्थाका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम छ।

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank