राष्ट्रपति ट्रम्पले मोदीसँग कश्मीर मुद्धा उठाउने

सोमवार, भदौ ९, २०७६



एजेन्सी । जी-७ को शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स पुगेका छन । कश्मीर समस्यापछि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र मोदी जी- ७ शिखर सम्मेलनको आकर्षण केन्द्र बिन्दु बनेका छन ।

राष्ट्रपति ट्रम्पले कश्मीर मुद्धालाई जी-७ शिखर सम्मेलनको दौरान मोदीसँग कुरा गर्ने जनाइसकेको छ । सोमबार ४ बजे हुने ट्रम्प मोदी भेटघाटमा मोदीले कश्मीर मामिलामा कसरी प्रस्तुत गर्ने छन भन्ने उत्सुकता सबैले गरेका छन ।

फ्रान्समा प्रधानमन्त्री मोदीले वातावरण र डिजिटल मुद्धामा कुरो उठाउने भए पनि सबैको ध्यान कश्मीर मुद्धामा केन्द्रित रहेको छ ।  यस अघि गत २२ जुलाईमा राष्ट्रपति  ट्रम्पले मोदीको हमला दिदैं भनेका थिए । कश्मीर मुद्धामा प्रधानमन्त्री मोदीले मध्यस्तथा गर्न ट्रम्पले अनुरोध गरेका थिए । ट्रम्पको यस भनाइलाई भारतले कडा प्रतिक्रिया जनाएको थियो ।

ट्रम्पको भनाइलाई विदेशमन्त्री एस जयशंकरले संसदमा खण्डन गर्दै भनेका थिए । यो झुट हो । वास्तवमा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए । दुई हप्ता म मोदीसँग थिए । जहाँ हामीले यस बारेमा कुरा गरेका थियौं । उनले भनेका थिए के तपाई कश्मीर मामिलामा मध्यस्थता गर्न चाहानुहुन्छ ? मोदीले भनेका थिए । कयौं वर्षदेखी यो मुद्धा चलिरहेको छ ।
ट्रम्पले भने, म हैरान छु कि यति लामो समयदेखि कसरी चलिरहेको छ । मेरो विचारमा उनी नतिजा देख्न चाहान्छन । मलाई धेरै हुनेछ । यदि मैले मध्यस्थता गर्न सकु ।

अफगानिस्तानमा फसेको अमेरिका पाकिस्तानको साथ लिदैं त्यहाँबाट उम्कन चाहान्छ । जसको निम्ति पाकिस्तान र भारतलाई खुसी बनाउन कश्मीर मुद्धामा हात हाल्न इच्छुक रहँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले कश्मीर कार्डको प्रयोग विचित्र ढंगले गर्न सक्ने छन भन्नेमा मोदी सरकार जानकार छ । फलस्वरुप आजको भेटमा प्रधानमन्त्री मोदी कुटनीति जवाफ दिन आतुर छन भन्ने विश्लेषक बताउँदछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata