मोदीलाई गान्धीको चुनौती, अति गरिबलाई ७२ हजार दिने घोषणा

मङ्लबार, चैत्र १२, २०७५



नयाँ दिल्ली । भारतमा लोकसभाको चुनावी माहोल तातिरहेको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्नका लागि भारतीय जनता पार्टी र भारतीय कांग्रेस पार्टीले आ-आफ्ना चुनावी घोषणापत्र जारी गरेका छन् ।

अघिल्लो चुनावमा ‘चायवाला’ बन्दै चुनाव जितेका भारतीय जनता पार्टीका नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी निकट भविष्यमा हुँदै गरेको लोकसवा निर्वाचनमा चौकीदार बनेर निस्किएका छन्  । त्यस्तै भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई वार्षिक  ७२ हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिवीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने गान्धीले घोषणा गरेका छन् । यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कांग्रेसले जनाएको छ ।

 “गत पाँच वर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिव जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ भन्दै  अध्यक्ष गान्धीले  गरिवीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने  बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata