‘हिन्दू कार्ड’ प्रयोग गर्न मोदीको पाँचौं नेपाल भ्रमण

मङ्लबार, अशोज ९, २०७५



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं भ्रमणको भारतीय सञ्चार माध्यमले पुष्टि गरेका छन् । उनी जनकपुरबाट नेपाल प्रवेश गर्ने र लुम्बिनी भ्रमण गरेर जाने तयारी भएको पत्रिकाले लेखेका छन् । भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सले मोदी सन् २०१८ को अन्त्यसम्ममा नेपाल भ्रमण गर्न लागेको लखेको छ । नोभेम्बर २८–२९ मा भ्रमण गर्ने या डिसेम्बर १२ मा गर्ने भन्नेमा छलफल भइरहेको पत्रिकालेले लेखेको छ ।  मोदीले भारतको चुनावमा ‘हिन्दू कार्ड’ प्रयोग गर्नका लागि नेपाल भ्रमणलाई रोजेको पत्रिकाको विश्लेषण छ ।

modiभारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनाव हुँदैछ । भगवान राम र जानकीको विवाह भएको दिन अर्थात् विवाह पञ्चमी परेकाले उनी जन्ती बनेर नेपाल आउने तयारीमा छन् । त्यसो गर्दा भारतीय हिन्दूहरुको मन जित्न सकिने विश्लेषण छ ।  ‘रामजानकी विवाह पञ्चमीमा उत्तर प्रदेशको अयोध्याबाट नेपालको जनकपुरसम्म जन्ती आउने प्रचलन छ । पित्रिकाले लेखेको छ ‘ प्रधानमन्त्री मोदीले रामको जन्ती बनेर विवाह पञ्चमीमा नेतृत्व गर्न सक्छन् ताकि भारतमा रहेका हिन्दू धर्मावलम्बीलाई एउटा भावनात्मक सन्देश दिन सकियोस् ।’

618 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank