म्यानमार सरकारको प्रतिरक्षामा मोदी

बुधबार, भदौ २१, २०७४



काठमाडौं । हाल म्यानमार भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको रोहिंज्या समस्यालाई लिएर म्यानमारकी नेतृ आङ्ग सान सूचीले लिएका अडानको समर्थन गरेका छन्।

“तपाईंले सामना गरिरहेको अप्ठेरा तथा चुनौति हामी पूर्ण रुपमा बुझ्छौं। राखाइन राज्यमा भएका अतिवादी हिंसा, विशेषगरि सुरक्षा फौज विरुद्धका हिंसा अनि निर्दोषहरुलाई परेको असर तथा उनीहरुको ज्यान गएको प्रति तपाईंले दर्शाएको चिन्ता हाम्रो पनि हो,” मोदीले भने।

यसअघि म्यानमारकि नेतृ सूचीले पछिल्लो रोहिंज्या संकटबारे पहिलो पटक प्रतिक्रिया दिंदै उनको सरकारले राखाइन राज्यमा सबैलाई सुरक्षा दिइरहेको बताएकी छन्

उनले गलत सूचना फिंजाएर त्यहाँको संकटलाई तोडमोड गरिएको भनेर आलोचना गरेकि छन्।

रोहिंज्या मुसलमान समुदाय विरुद्ध म्यानमारको सेनाले जथाभावी हिंसा मच्चाएको भन्ने खबरहरुको उनले खण्डन गरिन्।

नोबेल पुरस्कार विजेता सूची पछिल्लो हिंसा र रोहिंज्या मुसलमानहरुको दुर्दशाबारे मौन बसेको भनेर आलोचित भएकि थिइन्।

गत दुई सातामा म्यानमारमा अल्पसंख्यक रोहिंज्या मुसलमानहरुविरुद्ध हिंसा मच्चिएका कारण सवा एक लाख शरणार्थी भागेर बांग्लादेश पुगेका छन् ।बिबिसीबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments