हामी कश्मीर मुद्धामा तेस्रो पक्षको मध्यस्थता खारेज गर्दछौं: प्रधानमन्त्री मोदी

मङ्लबार, भदौ १०, २०७६



एजेन्सी । फ्रान्समा जारी जि ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बातचित भएको छ ।

बातचितको दौरान उनीहरुबीच सामान्य नोकझोक समेत भएको जनाइएको छ । प्रेस मिटिङको दौरान भारतीय प्रधानमन्त्री मोदीले भने, हामीलाई कुरा गर्न दिनुहोस । आवश्यक परे तपाइहरुलाई जानकारी गराइनेछ । सोही समयमा राष्ट्रपति ट्रम्पले मोदी तर्फ इसारा गर्दै भने मोदी राम्रो अंग्रेजी बोल्झन तर यसबारेमा अहिले चर्चा गर्न चाहिदिन । ट्रम्पको भनाई सुनेर प्रधानमन्त्री मोदी हाँसिमात्र रहे । सामाजिक संञ्जालले उल्लेख गरेका छन ।

राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री मोदीले प्रष्ट भाषामा भने, कश्मीरको मुद्धा भारत र पाकिस्तानबीचको हो । हामी दुई देश यस मुद्धालाई हल गर्न सफल हुनेछौं । हामी कश्मीर मुद्धामा तेस्रो पक्षको मध्यस्थता खारेज गर्दछौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata