भारतीय प्रधानमन्त्री मोदीद्वारा पशुपतिनाथको विशेष पूजाआजा

शनिबार, बैशाख २९, २०७५



काठमाडौं । आफ्नो कार्यकालको तेस्रो पटक नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको पूजा आजा गर्न मन्दिर गरेेका छन् ।

उनले झण्डै आधा घण्टा पशुपतिमा विशेष पूजा गरे ।  मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरे । भारतीय प्रधानमन्त्री मोदीले यस आज बिहान मुक्तिनाथ मन्दिर पुगेर विशेष पूजाआजा गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले करिब २० मिनेट पूजा गराएका थिए ।

मोदीलाई आज नै काठमाडौं महानगरपालिकाले विशेष नागरिक अभिनन्दनको कार्यक्रम गर्ने भएको छ । मोदी आज नै स्वदेश फिर्ता हुने कार्यक्रम तय भइसेको हो छ ।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank