मोदीको नेपाल भ्रमण : नागरिकले मन नपराउने भारतीयपक्ष

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । नाकाबन्दी पछि नेपाल आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के बोल्लान् भन्ने निकै चासो थियो । नाकाबन्दीको सबैभन्दा ठूलो चपेटामा परेको मधेसमा नै उनले सम्वोधन गर्ने भएपछि त्यससँग जोडेर काठमाडौंका सुकिला देखि सामान्य नागरिकको नजर जनकपुरमा थियो ।

नेपालीको कान ठाडो बनाउने सम्बोधन उनले निकै जोगिएर गरे । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले संविधान संसोधनको विषय आफ्नै सरकार विरुद्ध आक्रोस पूर्ण शैलीमा सतहमा ल्याएपनि मोदीले कुनै चासो दिएनन । सम्वोधन न संविधान बोले नत मधेस बोले । तर नेपालको पक्षमा निकै खुलेर गरेको भाषणले यसपटक काठमाडौं र अरु प्रदेशका नागरिकको मन तानेको देखिएन ।

कुरा चिप्लागर्ने ब्यबहार खर्सो देखाउने व्यक्तिका रुपमाउनलाई सामाजिक सञ्जाल मानिकै जोडियो शुक्रबार । कतै उनी बिस्तारै भ्रमणबाज र भाषण बाजमात्रै त होइनन भन्ने टिप्पणी समेत सुनिन थालेको छ ।

पहिलो भ्रमणमा मोदीको नेपालको संसदमा गरेकाृे सम्वोधनले नेपालीको मन जितेका थिए । नाका बन्दीपछि उनी सबैभन्दा मन नपर्ने पात्रबने । नाकाबन्दीको तुस नेपालीको मनबाट हटेको छैन । त्यसकारण जनपुरमा देखिएको उत्साह काठमाडौमा भएको नागरिक अभिनन्दनमा देखिएन ।

यस पटकको उनको भ्रमण नाकाबन्दीपछि चिसिएको नेपाल–भारत सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिन बढी केन्द्रित छ । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि भएको मोदी तेस्रो भ्रमणले नाकाबन्दीपछि नेपालमाभारत विरोधी भावनाको विस्तार र चीनको बढ्दो उपस्थितिले भारतीय नेतृत्वमा नेपाल हेर्ने धारणामा बदलाव आएको अनुमान गर्न सकिन्छ । तर बाँकीब्यबहार अब कस्तो रहँला केहीकुर्नुपर्ने देखिन्छ ।

नागरिकलाईभारतको यी कुरा मन पर्दै
नेपाल र भारतबीच एक अर्कासंग १७ सय किलोमिटर खुला सीमाछ । खुला सीमा रहेकादुई मुलुकबीच गहिरो ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्धमात्रै छैन । सीमावारपार वैवाहिक तथा पारिवारिक सम्बन्ध पनि प्रचुर मात्रामा छ। तर ती सम्बन्ध एकनासले भने कहिल्यै चलेका छैनन । नेपाल र भारतकाबीचमा सम्बन्धमा आउने तनावका कारणलाई नागरिक तहबाट पनि केलाउने प्रयास भइरहेको हुन्छ । नागरिक तहबाट भारतको कुन कुरा मन पर्दैन ?
.‘ठूल्दाइ’ प्रवृत्ति

भारत ठूलदाई नेपाल सानदाई सम्बन्धका क्रममा सुनिरहने भनाई हुन । नेपालीमा मात्रै होइन भारतीय नागरिक तहमापनि यो धारणा पाइन्छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि भारतले राजनीति र कूटनीतिक प्रयोग गर्ने ठूलदाई प्रवृति नेपालीले मन पाराउने गरेका छैनन ।
‘असमान’ सन्धि
नेपालीपक्षले असमान ठानेका सन्धितथा सम्झौताहरुको लामो सूची छ। सूचीमा बहुचर्चित सन् १९५० को नेपालभारत शान्ति तथा मैत्री सन्धि देखि लिएर गण्डक, कोशी र महाकाली सन्धिलगायत छन् । जलस्रोत सम्बन्धीत सन्धि सम्झौतामा त नेपालले आफ्नो हिस्साको पानी नपाएको प्रशस्तै टिप्पणी नेपालतिर हुने गर्छ । त्यो सँग जोडिएको डुवान समस्यामा पनि भारत आलोचना खेप्न परिरहन्छ ।
सीमामादुव्यर्वहार
भारतमा काम गरेर फर्कने क्रममा धेरै नेपाली कामदारहरुले प्रवेश विन्दुहरुमा भारतीय सीमा सुरक्षा बल एसएसबीको दुव्यर्वहार खेप्नुपरेको प्रशस्तै गुनासो आउने गर्छन्। गतवर्ष नेपाल भ्रमणमा आउंदाभारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्ता गुनासा सम्बोध नगर्नेतर्फ काम गर्ने बताएपनि समस्या ज्यूंका त्यूं देखिन्छ।
सीमा ‘अतिक्रमण’
मेदी भ्रमणमा आउनुभन्दा केहीदिन अघिमात्रै कञ्चनपुरमाभारतीयपक्षले सीमा अतिक्रमण गर्यो । देशभरकिा सबै सीमामा यस्तो भइरहन्छ । नेपाली सीमा क्षेत्रमाभारतीय ‘अतिक्रमण’को विषय पटकपटक तनावको कारण बन्ने गरेको छ। नेपाली नागरिकले भारतको त्यो पक्ष कहिल्यै मन पराएका छैनन।

147 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank