जनकपुरमा के हुन्छ मोदी पुग्दा ? यस्तो छ तयारी

बुधबार, बैशाख १९, २०७५



भारतको चाहना : नाकाबन्दीअघिकै सम्बन्ध पुन: स्थापना

काठमाडौं ।  भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।

२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय दिल्लीमा राजनीतिक र प्रशासनिकस्तरमा भइरहेको छ । भ्रमणमा मोदीले दिने भनिएको आकर्षक सहयोग प्याकेज के गर्ने अझै निश्चित भइसकेको छैन । भारतको नेपाल नीतिका जानकार डा. निहार नायकका अनुसार मोदीको पहिलो नेपाल भ्रमण (२०७१ साउन)को जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ । ‘भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देशमा होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ,’ नायकले नयाँ पत्रिकासँग भने ।

आगामी अगस्टमा सांघाई कोअपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्ने नायक बताउँछन् ।

जानकारहरूका अनुसार छिमेकसँग सम्बन्ध सुधारका लागि मोदी सरकारमाथि भारतभित्रै चर्को दबाब बढेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको पछिल्लो वार्ताले भारत र पाकिस्तान सम्बन्ध सुधारमा थप दबाब सिर्जना गरेको बुझाइ जानकारहरूको छ । चीन मामिलाविज्ञ विजयकेशव गोखले विदेशसचिव बनेपछि मोदी सरकारको चीन नीतिमा पनि देखिने गरी सुधार आएको छ । चीनसँगको सम्बन्धले भारतको समग्र छिमेक नीति र विशेषगरी नेपाल नीतिमा पनि दीर्घकालीन परिवर्तन आउने नायकको विश्लेषण छ ।

‘०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मोदीले पारेको सकारात्मक प्रभाव पुनस्र्थापना गर्न चाहन्छन्,’ नेपाल भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहताले नयाँ पत्रिकासँग भने ।

जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

बाह्रबिघामा मोदीका तीन हेलिकोप्टर अवतरण गर्ने 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका हेलिकोप्टर पटनाबाट उडेर जनकपुर बाह्रबिघामा अवतरण गर्नेछन् । वरिष्ठ मन्त्रीले उनलाई त्यहीँ स्वागत गर्ने कार्यक्रम छ । मोदीको भ्रमणमा तीन हेलिकोप्टर आउँदै छन् ।

बाह्रबिघाबाट मोदी सीधै जानकी मन्दिर पुग्नेछन्, जहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार दुवै प्रधानमन्त्रीले रामायण परिपथ उद्घाटन गर्नेछन् । लगत्तै प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन्, प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।

जनकपुरमा भारतीय सुरक्षाकर्मी, थप आउँदै 
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार यहाँको सुरक्षा अवस्था बुभ्mन भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन् । टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल गरेको छ । मोदी भ्रमणलाई सफल बनाउन थप टोली बुधवार जनकपुर आईपुग्ने छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताए । मोदीको भ्रमणलाई उच्च स्तरीयको सुरक्षा व्यवस्था मिलाउन ७ हजार सुरक्षाकर्मी परिचालन हुने बताए । यसका साथै अभिन्नदनको स्थलको विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने उनले बताए ।

मन्त्री यादवले मञ्चनजिक भारतीय प्रहरी, दोस्रोमा नेपाली सेना, तेस्रो घेरामा नेपाल प्रहरी, चौथोमा सशस्त्र प्रहरी र पाँचमा राष्ट्रिय अनुसन्धान र सिभिल ड्रेसमा सुरक्षाकर्मी परिचालन हुने बताए ।

प्रदेश र स्थानीय सरकारको फरक फरक समिति 
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई भव्य बनाउन प्रदेश सरकार र जनकपुरधाम उपमहानरपालिकाले फरक फरक समिति गठन गरेका छन् ।

प्रदेश सरकारले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको संयोजकत्व रहने गरि तत्काल ७ वटा कमिटि गठन गरेको छ भने जनकपुर उपमहागनरपालिकाले मेयर, उपमेरयर र वडाध्यक्षको संयोजकत्वमा छुटाछुटै ३ वटा समिति गठन गरेको छ ।

नयाँपत्रिकाअनुसार प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषदको वैठकले प्रम मोदीको भ्रमणलाई भव्य बनाउन मुख्यमन्त्री मोहम्म्द लालबाबु राउतकै संयोजकत्वमा मुल समिति गठन गरेको छ । त्यसैगरि, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा सुरक्षा समिति, भौतिक पुर्वाधार तथा विकास मन्त्री जिनेन्द्र सोनलको संयोजकत्वमा मञ्ज व्यवस्थापन समिति, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

त्यसैगरि, भुमि व्यवस्था तथा कृषि मन्त्री शैलेनद्र यादवको संयोजकत्वमा प्रवेशद्वार निर्माण समिति र समाजिक विकास मन्त्री रामनरेश राय यादवको संयोजकत्वमा स्वागत समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

यता, जउनपाका मेयर लालकिशोर साहको संयोजकत्वमा १ सय १ सदस्यि अभिनन्द समिति गठन गरिएको छ । त्यसैगरि, उपमेयर रिता झाको संयोजकत्वमा ११ सदस्यी सौन्दर्यकरण र प्रचारप्रसार र जउनपा –१३ का वडाध्यक्ष शुभनारायण मण्डलको संयोजकत्वमा ११ सदस्यि सरसफाई समिति गठन गरिएको छ ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank