भारतीय प्रधानमन्त्री मोदि नेपाल आउने भएपछि सुरक्षा व्यवस्था कडा

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएपछि सुरक्षा व्यबस्था कडा पारिएको छ । मोदि नेपाल भ्रमणमा आउन दूर्इ साता बाँकी नै छ, यता काठमाडौंमा भने सुरक्षा व्यवस्थाको नाममा कडाइ हुन थालेको छ ।

बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिएका छन्।

सुरक्षा योजनाअनुसार बुधबारबाट नै राजधानीमा सर्च अप्रेशन सुरु गरेको जनाइएको छ । शंकास्पद गतिविधिमा लागेका व्यक्तिको निगरानीदेखि जाँचसमेत गर्न आदेश भएको बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले बताए।

मोदीको भ्रमणलार्इ लक्षित गरी सरकारले कडा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको जनाइएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो।

भारतीय प्रधानमन्त्री मोदी यही बैसाख २८ गते आफ्नो कार्यकालको तेस्रो पटक नेपाल आउने र्भएका हुन् ।

643 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank