धारिलो हतियार प्रहार गरी युवकको हत्या

बुधबार, चैत्र ७, २०७४



काठमाडौं। धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरमा मंगलबार राति पौने ९ बजे धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको हो ।

मंगलबार राति पौने ९ बजे सामान्य विवादमा २१ वर्षीय पुरुषोत्तम सेंढाईको हत्या भएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार सर्लाही घर भएका उनी काठमाडौं १० देवीनगरमा बस्दै आएका थिए ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा रोहित चौधरी, अशोक लिम्बु र सन्जिव राईलाई पक्राउ गरेको छ । हत्याको अनुसन्धान प्रहरीले जानकारी दिएको छ ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank