३० लाख भन्दा बढिका मोबाइल फाेन र नगद चोरी

बिहिबार, चैत्र २१, २०७५

- पदम राज भट्ट



धनगढी ।  कैलालीको धनगढी चौराहामा रहेको मोबाइल फाेन पसलमा चोरी भएको छ । धनगढीको मूल सडकमा रहेको निहारिका मोबाइल ग्यालरीमा गए राति चोरी भएको हो । सन्तोष मण्डल धानुकले सञ्चालन गरेको मोबाइल ग्यालरीबाट ६०/७० हजार नगद र ६०/७० मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । बुधवार राति ७ बजे पसल बन्द गरेर गएका पसल सञ्चालकले बिहान आउँला सटर फोडेर चोरी भएको प्रहरीलाई बताएका छन् ।

चोरी भएका ६०/७० मोबाइल मध्ये केही महँगा मोबाइल फाेन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । ३० लाख बराबरको मोबाइल र ७० हजार नगद चोरी भएको ग्यालरीका सञ्चालक सन्तोष मण्डलले बताए । ग्यालरीमा रहेको सिसि क्यामेराको सेट पनि चोरी भएको छ । ग्यालरी बाहिर रहेको सिसि क्यामेरा भने बिग्रीएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata