नेपालमा पहिलाे पटक बन्याे सोसल एप नामक नयाँ मोबाईल एप

सोमवार, मंसिर ९, २०७६



फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्वचर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप सार्वजनिक भएको छ ।

अनलाइन मार्ग मिडियाद्धारा आइट्याक नेपालको प्राविधिक सहयोगमा विकास गरिएको उक्त एप गत साताको मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो । उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए । एन्ड्रोइड मोबाइलको मात्र २ एमबी स्पेश ओगट्ने, १०० भन्दा बढी नेपाल र विश्वमा बहुचर्चित सामाजिक सञ्जाल र अन्य बहुउपयोगी सामग्रीका एप्सहरु र यो एउटै एपबाट चलाउन मिल्ने, निशुल्क डाउनलोड गर्न सकिने, एउटा पनि रोडब्लक एड नराखिएको, सामान्य सञ्जाल चलाउने सर्वसाधारण देखि प्रोफेसनल व्यक्तीहरुका लागि पनि उत्तिकै काम लाग्ने लगायत कुराहरु यो एपका बिशेषता हुन् । नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको एपका फाउण्डर जोशीको दाबी छ ।

अन्य देशमा यो एपसँग मिल्दाजुल्दा केही एप्स बनेपनि यो एप जस्तो पृथक एप अहिलेसम्म बनेको छैन, पृथक यस मानेमा कि यो एपमा उपलब्ध भएका एप्सहरु एन्ड्रोड मोबाईलमा डाउनलोड गरिएका छन् भने तिनै एप खुल्छन् ति एप्सहरुमा गुगल एडहरु देखिदैंनन् । सोसल एप सार्वजनिक भएपछि गुगलमा यसले निकै राम्रो रेटिङ् पाईरहेको छ भने गुगल प्लेस्टोर नेपाल टे«न्डिङको १ नम्बर समेत ओगट्न सफल भएको छ । केही दिनपछि विशेष समारोहकाबीच सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिने बताईएको छ । उक्त एप डाउनलोड गर्न तलको लिंकमा क्लिक गनुहोस्

https://play.google.com/store/apps/details?id=com.onlinemarg.socialapp&fbclid=IwAR3pE311zU8dq_nxqdXN6gJ_r5ED2gagog-P8–xG0m79ri2lZKzftHqWbc

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata