तीन लाख बराबरका मोबाइल सेट चोरी

आइतवार, मंसिर २, २०७५

- प्रमित वि.क.



बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको दुनीहाटबजारमा रहेको युनिशा मोवाइल ग्यालरी पसलबाट ३ लाख बराबरका मोबाइल सेट चोरी भएका छन् । बाजुराको सदरमुकाम मार्तडीको मुख्य ब्यापारी केन्द्र मानिदै आएको बडिमालिका नगरपालिकाको वडा नम्बर ९ को दुनीहाटबजारबाट शनिबार साँझ मोवाइल पसलमा चोरी भएको हो ।

जिल्लाको मुटु मानिने सदरमुकाम मार्तडी जिल्ला प्रहरी कार्यालय बाजुरासंगै जोडिएको मुख्य बजारको मोबाइल पसलबाट करिब ३ लाख बराबरको मोबाइलहरु चोरी भएको पसलका संचालक डम्बर नेपालीले बताएका छन् ।

शनिबार साँझ करिब १२ बजेको समयमा पसलको ढोकामा लगाईएको ताला फोडेर पसल भित्र रहेका विभिन्न कम्पनिका मोबाइल सेटहरु चोरी भएको पसलका संचालक नेपालीले बताए।

चोरी भएको पसल जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै रहेको छ । सधै जसो प्रहरीको टोलीले सुरक्षा दिईरहने सो क्षेत्रको पसल शनिबार साँझ चोरी भएपछि हाटबजारमा रहेका अन्य व्यवसायीहरु पनि त्रसित भएका छन् ।

पसलको चोरी भएपछि प्रहरीले आईतबार घटनाबारे जानकारी लिई चोरी गर्नेको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank