भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल बरामद

बिहिबार, माघ २, २०७६



काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए । ‘चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौं,’ उनले भने । ती फोनका सेटलाई अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments