आज ११ बजे मन्त्रिपरिषद् बैठक, ‘लकडाउन’ अवधि बढाउने तयारी

मङ्लबार, बैशाख २, २०७७



काठमाडौं । सरकारले आज(मंगलबार) बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अवस्थामा सरकाले मन्त्रिपरिषद् बैठक आज बोलाएको हो ।

बिहान ११ बजे प्रधामन्त्री निवासमा बालुवाटारमा बस्ने बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ ।

सरकारले तेस्रो पटक बढाएको ‘लकडाउन’ अवधि बुधबार सकिँदै छ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत ११ चैतबाट ‘लकडाउन’को घोषणा गरेको थियो ।

सोमबार मात्रै नेपालमा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ । ‘र्‍यापिड टेष्ट’मासमेत अन्य केहीलाई पनि ‘पोजेटिभ’ देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments