नेता नेपालसँग नवनियुक्त चिनियाँ राजदूतको भेट

बिहिबार, पुस २८, २०७३

loading...


काठमाडौँ  । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा  नेपाल–चीन तथा आफ्नो पार्टी (एमाले) र चिनियाँ कम्युनिस्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको पनि पूर्व प्रधानमन्त्री नेपालले चर्चा गरे ।

नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा नेपाल उनले उल्लेख गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

चीनका वर्तमान राष्ट्रपति सी जिन पिङले अगाडि सारेको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै नेता नेपालले सोही अवधारणाका आधारमा ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायत आर्थिक समृृद्धिका विविध क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा पनि गरे ।

नेता नेपालले नवनियुक्त राजदूतको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पारस्परिक लाभ एवम् सम्मानका आधारमा द्विपक्षीय सहयोग थप अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।

भेटमा चिनियाँ राजदूतले नेपालजस्तो सुन्दर एवम् चीनसँग ऐतिहासिक सम्बन्ध भएको असल छिमेकी राष्ट्रको राजदूतका रुपमा जिम्मेवारी पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गर्दै आफ्नो कार्यकाललाई दुवै देशको हितको पक्षमा अधिकतम उपयोग गर्न प्रयास गर्ने धारणा राखे ।

नेपाल र चीनबीच विविध क्षेत्रमा भएको साझेदारी तथा सहयोगलाई आफ्नो कार्यकालमा अभिवृद्धि गर्ने सम्बन्धमा आफू प्रयासरत रहने उल्लेख गर्दै राजदूत हङले सार्वभौमसत्ता सम्पन्न नेपालले आन्तरिक विषयलाई आफ्नै विशिष्टताका आधारमा हल गर्न र संविधानको सफल कार्यान्वयनमा चीन सरकारको शुभेच्छा रहेको जानकारी गराएकी थिईन ।

407 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv