मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने

सोमवार, बैशाख ३१, २०७५



न्यूयोर्क।

अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्ट ११ तारिखमा हुने जानकारी दिएका हुन् ।

८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिका को टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

प्रथम मिस नेपाल नर्थ अमेरिकाका समूहले न्यूयोर्कका प्रख्यात कार्यक्रम स्थलहरु गोथाम सभाकक्ष ,हामर्सटिन नृत्यकक्ष ,दि फिल्मोर ,क्विन्स थेटर लगायतमा कार्यक्रम आयोजना गराई सकेका छन् । यसको साथै यसै समूहमा नेपाल को ग्रामिण विकास ,पुनरुद्धार तथा भूकम्प पश्च्यात पुनर्निर्माणमा संलग्न भएका समुह समेत रहेका छन् ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने जनाएको छ । यो मुद्दा सबै संसारमा चर्चाको उचाइमा रहेको छ जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु गरिएको छ ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरि दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्दितीय उपाधि द्दवारा सम्मान गरिने छ ।

प्रतियोगिता बिजेताले अन्तर राष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन । यसको साथै मिस ट्यालेन्ट ,मिस पपुलर जनता को मत द्दवारा ,मिस डिसीप्लेन ,मिस पर्सोनालिटी तथा मिस क्याटवाक समेत उपाधि प्रदान गरिने भेटघाटमा जनाइएको छ ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण हाई स्कुल ग्रयाजुएट ,प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

आयोजक समुहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक रसभापति रहेका छन् । अमेरिका मै रही बिभिन्न कार्यक्रम मार्फत सद्भावना दुत भै सकेका नविना बस्नेत उप्रेती लगायत ख्याती प्राप्त संघरसंस्था नेतृत्व गरि सकेका समुदायका व्यक्तित्वहरु सल्लाहकारमा संलग्न रहेका छन् ।

395 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank