किन घट्यो मिस नेपालको चाम ? को–को भए मिस नेपाल ?

बिहिबार, चैत्र २९, २०७४



काठमाडौँ । सन् १९९४ मा सुरु भएको मिस नेपाल प्रतियोगिताको चाम केही वर्षअघि सम्म छुट्टै थियो । आवेदन फर्म खुल्नुभन्दा अघि देखि नै सार्वजनिक स्थलदेखि चिया पसलसम्म चर्चा हुन्थे । महिनौअघिदेखि चर्चाको विषय बन्थ्यो–मिस नेपाल ।

तर, २३ औँ मिस नेपालसम्म आइपुग्दा चर्चा सेलाउन थालेको छ । बुधबार साँझ आयोजित १०१८ को फाइनल हुँदासम्म धेरैलाई थाहा थिएन । सार्वजनिक गाडी र चिया पसलहरूमा हुने चर्चा पनि थिएन् । मिस नेपालजस्ता प्रतियोगिता धेरै हुन थालेको र मिस नेपाल भएकाहरूले राम्रो अवसर समेत नपाएकाले चाम कम भएको सरोकारवालाको बुझाई छ ।

मिस नेपाल उपाधि बिजेता राष्ट्रको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन जाने भएकाले राम्रो अवसर भने पक्कै हो । तर, अहिलेसम्म विश्व सुन्दरी प्रतियोगितामा मिस नेपालले सहभागिताको लागि मात्रै सहभागिता जनाउँदै आएका छन् ।

शृङखला खतिवडा बनिन् नयाँ मिस नेपाल
मकवानपुरकी २२ वर्षीया शृङखला खतिवडा नयाँ मिस नेपाल भएकी छिन् । यस वर्ष कार्यक्रम पनि फरक ढंगले गरिएको थियो भने पात्र पनि नयाँ क्षेत्रबाटै चुनिएकी छिन् । प्रतिनिधि सभा सांसद विरोध खतिवडा र प्रदेश ३ की सांसद मनुकी छोरी शृङखलाले ताजसहित एक लाख रुपैयाँ पुरस्कार पाइन् । उनले ब्युटी विथ पर्पस र फेस अफ फसिनो गरी अन्य दुई टाइटल अवार्ड पनि हात पारिन् । काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल, काठमाडौंकै २३ वर्षीया प्रिया सिग्देल मिस नेपाल अर्थ र गोर्खाकी २२ वर्षीया मनिता देवकोटा मिस नेपाल युनिभर्स भए ।

शृङखलाको सटिक जवाफ
प्रतियोगीहरूलाई प्रमुख निर्णायक प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले ‘समृद्ध र सुखी नेपाल बनाउनका लागि तीन महत्वपूर्ण काम के गर्नु पर्ला ?’ भन्ने मौखिक प्रश्न सोधेका थिए । शृंखलाले कुनै भूमिका नबाँधी सिधै जवाफ दिइन् ‘ब्युरोक्रेसी व्यवस्थित बनाउनुपर्छ, युवा सशक्तीकरणमा जोड दिनुपर्छ र हामी गर्न सक्छौं भनेर सबैले आफूले आफैंलाई विश्वास गर्नुपर्छ ।’

को–को भए मिस नेपाल ?
रुबी राणा
सुमी श्रेष्ठ
पूनम घिमिरे
नीलिमा गुरुङ
झरना बज्राचार्य
ज्योति प्रधान
श्वेता सिंह
उषा खड्गी
माल्भिका सुब्बा
प्रिति सिटौला
पायल शाक्य
सुगरिक केसी
शीतास्मा चन्द
जेनिशा मोक्तान
सदीक्षा श्रेष्ठ
मलिना जोशी
सृष्टि श्रेष्ठ
इशानी श्रेष्ठ
सुविन लिम्बु
इभाना मानन्धर
अस्मि श्रेष्ठ
नितिका चाण्डक
शृङखला खतिवडा

982 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank