प्रधानमन्त्रीलाई भेट्न नपाएपछि मृगौला पीडित आक्रोशित

सोमवार, मंसिर २, २०७६



काठमाडौं । १४ बुँदे ज्ञापनपत्र लिएर प्रधानमन्त्री भेटन पुगेका मृगौला पीडितले प्रधानमन्त्री भेट्न नपाउँदा आक्रोशित बनेका छन । मिर्गौला पिडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सम्पुर्ण सहयोग पुर्ववत ढंगल उपलब्ध गराउन माग गर्दे प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् ।

मिर्गौला पिडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पिडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका छन् । आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको गरेकोमा पीडितहरु आक्रोशित छन् । प्रधानमन्त्री स्वयम् मिर्गौला पिडित भएर पनि आफुहरुको समस्या नबुझेको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पिडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईती घरमण्डला सम्म आएका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रर्दशन गरेका थिए ।

पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निशुल्क हेमोडायलासिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata