कर बृद्धि फिर्ता नलिएको भन्दै तेस्रो चरणका आन्दोलनको घोषणा

शुक्रबार, भदौ २९, २०७५



सिरहा ।सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिकाले गरेको कर बृद्धि विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

नगरपालिकाले आफुहरुको मागलाई अटेर गरेको भन्दै समितिले यहि भदौ ३० गतेदेखि असोज ९ गतेसम्म १० दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरपालिकाले बृद्धि गरेको राजस्व, मालपोत कर, एकिकृत सम्पति कर, घर बहाल कर लगायतका दस्तुर फिर्ताको लिनु पर्ने माग सहित सर्वपक्षिय संघर्ष समितिले यस अघि दुई चरणको आन्दोलन गरको थियो । नगरपालिकाले उक्त मागको वेवास्था गरेको भन्दै तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य भएको समितिले जनाएको छ ।
विहिबार बसेको समितिको बैठकले भदौ ३० गते माग सम्बोधन गर्न ४८ घण्टे अल्मिेटम दिने, ३१ गते मागको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्बय समितिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखहरुलाई जानकारी गराइने लगायतका आन्दोलनका कार्यक्रम तय गरेका छन् ।

असोज १ गते विश्वकर्मा पुजा परेकोले आन्दोलनको कार्यक्रम एक दिनको लागि स्थगित गरिएको छ । त्यसैगरी असोज २ गते धुर्मी बजारमा सम्बोधन, ३ गते सर्बपक्षिय संयुक्त समितिको बैठक बस्ने, ४ गते बाख्रा बजारमा सम्बोधन, ५ गते मनहर्बा बजारमा सम्बोधन, ६ गते मिर्चैया बजारमा सम्बोधन, ७ गते सिक्रौन बजारमा सम्बोधन, ८ गते मिर्चैयामा मशाल जुलुस र ९ गते बजार बन्द गरी मिर्चैया नगरपालिकाको कार्यालय घेराउको कार्यक्रम घोषणा गरेका छन् ।

नगरपालिकाद्धारा वार्ता आह्वान

मिर्चैया नगरपालिकाले पुनः सार्वजनिक सुचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बस्न आह्वान गरेको छ । नगरपालिकाले विहिबार सुचना जारी गरी असोज १ गते बार्तामा बस्न आन्दोलनरत पक्षलाई आह्बान गरेको नगरपालिकाले जारी गरिएको सुचनामा उल्लेख रहेको छ । नगरपालिकाको चिठीलाई साकारात्मक रुपमा लिएको वार्ता समितिका संयोजक अशोक कुमार साहले बताए । नगरपालिकाले निर्धारण गरेको समयमा आफुहरु बार्तामा बस्ने संयोजक साहले प्रतिक्रिया दिएका छन् ।

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank