ध्रुवराज पन्थी ‘मिराज’का तीन गजल

शनिबार, फाल्गुन १८, २०७५

- राजु झल्लु प्रसाद



२०५३ साल वैशाख ०३ गते पिता टामलाल पन्थी र माता देवकला पन्थीको कान्छो छोराको रुपमा रेसुङ्गा नगरपालिका-४, गुल्मीमा जन्मिएका ध्रुवराज पन्थी ‘मिराज’ हाल अध्ययनको सिलसिलामा बुटवल, रुपन्देही बस्दै आएका छन् । सिद्धार्थ गौतम बुद्द क्याम्पस बुटवलबाट स्नातक चौथो वर्षमा अध्ययनरत गजलकार ‘मिराज’सँग नेपाली समकालीन गजलका विषयमा हामीले कुराकानी गरेका थियौं । प्रस्तुत: छ उक्त कुराकानीको संक्षिप्त अंश:

गजलमा पनि हामीले लेखिने शायरीहरुमा जीवन्तता ल्याउन सकियो भने गजल युगान्तकारी बन्छ । समसामयिक घटना या राजनीति घटनामा लेखिएका गजलहरु तत्काल समय सापेक्ष बनला तर जिवन्त बन्न सक्दैनन् ।

समकालीन अवस्थालाई नियाल्दा नेपालमा अन्य साहित्य विधा भन्दा गजल अग्र स्थानमा देखिन्छ । यसको कारण के हुनसक्छ ?

समकालीन साहित्य अवस्थालाई नियाल्दा गजल अग्र स्थानमा पुगेको सर्वविदितै छ । नेपाली साहित्यमा अग्रज देखि अनुजसम्म, धेरै श्रष्टाहरु गजल विधाबाट प्रवेश गरेको/गरिरहेको देखिन्छ । मूल प्रवेशद्वार नै गजल जस्तो देखिन्छ । अन्य विधाभन्दा प्रवेश गर्नलाई गजल विधा अलि सरल भएर पनि हो कि !
तर पछिल्लो समयमा जुन विचारको प्रहार गजलले गरेको छ त्यो अन्य विधाले दिन नसकेको हो कि? एउटा कविताको पूरा भाव गजलको एउटै शायारी राख्छ । कतिपय अवस्थामा लामो रचना सुन्नलाई मानिसहरु अल्छी मान्छन् त्यस्तो अवस्थामा गजलले तान्ने गर्दछ । पछिल्लो समयको नेपाली गजलले मान्छेको दिमाग हल्लाउने सामर्थ्य बोकिरहेका छन् ।

इतिहास नियाल्ने हो भने सुरुवाती चरणमा गजल प्रेमको विषयवस्तुमा भावार्थ भएर लेखिएको देखिन्छ । र पछिल्लो समयमा हेर्ने हो भने गजल प्रेममा मात्र सिमित नभएर हरेक विषयवस्तु, घटना, परिघटना आदि कुराहरुमा पनि लेखिएको छ । 

एकातिर गजललाई रागात्माक(प्रेमात्माक) हुनुपर्छ भन्नेहरु छन भने अर्कातिर विचारात्मक हुनुपर्छ भन्नेहरु पनि छन् । गजलमा के भयो भने गजल, गजल हुन्छ?

इतिहास नियाल्ने हो भने सुरुवाती चरणमा गजल प्रेमको विषयवस्तुमा भावार्थ भएर लेखिएको देखिन्छ । र पछिल्लो समयमा हेर्ने हो भने गजल प्रेममा मात्र सिमित नभएर हरेक विषयवस्तु, घटना, परिघटना आदि कुराहरुमा पनि लेखिएको छ । गजलमा सरल तरिकाले प्रयोग गर्न सकिने भाव भनेको प्रेमको भाव हो । जति प्रेमको भाव प्रयोग हुँदै जान्छ त्यसलाई नया शैलीमा प्रयोग गर्न उत्तिकै चुनौतीपूर्ण पनि देखिन्छ । बेला बेलामा हुने आन्दोलन विरोध लगायतका कार्यक्रममा पनि श्रस्टाहरु गजल मार्फत उत्रीएको देखिन्छ । जन-आन्दोलनको बेलामा श्रष्टाहरुले चेतनाका कुरा, राजनैतिक कुरा र देशका कुरा समेटेर गजल मार्फत आन्दोलनमा होमिएको देखियो । यसर्थ गजल प्रेमको विषयमा हुनुपर्छ भन्ने नि हुदैन । जुनसुकै विषयवस्तुलाई बिम्ब अलङ्कार प्रयोग गरेर कलात्मक शैलीमा प्रयोग गर्न सकिन्छ ।

श्रोताहरु या भनौं पाठकहरुको मस्तिष्कलाई गजलमा प्रस्तुत गरिएको विचारले प्रभाव पारेको हुन्छ । श्रोताको मनमस्तिष्क कसरी छुन सकिन्छ श्रष्टा यस कुरामा पनि सचेत हुनुपर्छ । संरचनामा बाधिएर मात्रै गजल हुन सक्दैन । जबसम्म बलियो विचारको निर्माण हुन सक्दैन त्यो विचारले श्रोताको मस्तिष्क छुन सक्दैन तब गजल कमजोर ठहरिन्छ । हामीले लेखेको गजलहरु सुन्नेको मस्तिष्कमा बाँचिराख्यो भने हाम्रा गजल जिवन्त बन्छन । यसर्थ सुन्ने मान्छेको मस्तिष्कमा हाम्रा शेरहरु बाचिराखे भने वास्तवमा गजल गजल जस्तो हुन्छ ।

एउटा काव्य तब सफल हुन्छ जब युग बाच्छ । तपाईंको विचारमा त्यस्तो तत्वहरु केके हुनसक्छन्, जसले एउटा गजल युगान्तकारी बनाउँछ ?

हामीले काव्यकै कुरा हेर्ने हो भने आजसम्म हामीले लक्ष्मीप्रसाद देवकोटाका कविता किन पढिरहेका छौ? उनी मरेर गए पनि उनका कविताहरु जिवन्त बनिराखे । त्यस्ता जीवन्त कविता लेख्न उनी सफल भए । त्यस्तै गजलमा पनि हामीले लेखिने शेरहरुमा जीवन्तता ल्याउन सकियो भने गजल युगान्तकारी बन्छ । समसामयिक घटना या राजनीति घटनामा लेखिएका गजलहरु तत्काल समय सापेक्ष बनला तर जिवन्त बन्न सक्दैनन । तसर्थ हामीले प्रयोग गरिने काव्य विचार धाराले गजलको आयु निर्धारण गर्छ ।

प्रस्तुत: छ उहाँको तीन गजल:-


जो ढोकामा उभिन्छन उभिनेहरु सलाम गर्छन्
भित्र पसेका मालिकहरु कुर्सीमा आराम गर्छन्

तिम्लाई खुशी किन्दा टाट पल्टेको आसामी हुँ
अब बैङ्कहरुले पक्कै मुटुको लिलाम गर्छन

आखिर तिनैको जिन्दगी फलाम झै खिएर जान्छ
जो दुनियाँका लागि सुनमा बुट्टा भर्ने काम गर्छन्

तपाइलाई पो पुग्छ यार अन्न फोहोरमा फ्याक्नुहुन्छ
पेट भर्न सुदामाहरु कनिकाको जोरजाम गर्छन्

तिम्रो छातीमा मूल्य टाँगियो र महलमा सजियौ
म पनि फुटपाथमा छु आउंछन र दाम गर्छन्


थाहा हुदैन कहाँ यार कतिखेर जिन्दगी सकिन्छ
जस्तो पुतलीको बत्ती नजिक पुगेर जिन्दगी सकिन्छ

जो मृत्युको धुनमा नि अद्भुत कला देखाउँछ
ऊ नर्तकी हो उसको नाचेर जिन्दगी सकिन्छ

पातको छातीमा बाँचेको शीतको जिन्दगी
जहाँ घामले गहिरो चुमेर जिन्दगी सकिन्छ

प्रेम नहुनु थ्यो आखिरमा प्रेम भएरै छाड्यो
अब जिन्दगीभर मुटु बल्झेर जिन्दगी सकिन्छ

राम बनेर खुसीहरु बनबास तिर लागे
र यी आँखा दशरथ झै रोएर जिन्दगी सकिन्छ


डोली उठ्यो र पैताला अर्कैको सङ्घार पुग्यो
मनले कहिल्यै भन्दैन तिम्रो इन्तजार पुग्यो

उसको छातीबाट सवार गरेका कहाँ कहाँ पुगे?
एउटा डुङ्गा दिनहुँ वल्लो र पल्लो किनार पुग्यो

देश हराएको सूचना छापिएन पत्रीकामा
आज कुर्सी हराएको सूचना सिंहदरबार पुग्यो

अब ज्यामितिय रुपमा पिरको उचाई निकाल्नु छ
जहाँ पिडाको लम्बाइ र रुनुको आधार पुग्यो


Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata