बक्सिङमा मिनुले दिलाइन नेपाललाई ४६ औं स्वर्ण

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिता आज भएको बक्सिङमा नेपालीकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्

५४ केजी बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

नेपालले सागमा बक्सिङतर्फ २० वर्षपछि स्वर्ण जितेको हो । यसअघि सन् १९९९ को आठौं सागमा नेपालले बक्सिङतर्फ दुई वटा स्वर्ण जितेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments