मन्त्रीलाई नियमित बोलावट

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं ।  ओलीले मन्त्रीहरूलाई नियमित रूपमा नै बालुवाटारमा बोलाएर कामको परिणामबारे छुट्टाछुट्टै जानकारी लिने गरेका छन्। ओलीले परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री खतिवडा र रक्षामन्त्री पोखरेललाई बढी विश्वास गर्छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्ट यसअघि मन्त्री हुँदा राम्रो काम गरेकाले ओलीले उनीहरूका कुरा पनि राम्रैसँग सुन्छन्।

माओवादी अध्यक्ष दाहालसँग नियमित सल्लाह

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नियमित छलफल गर्छन्। राष्ट्रिय मुद्दामा निर्णय गर्नुअघि उनले दाहालसँग छलफल गर्ने गरेको ओली निकट स्रोतले जानकारी दिएको छ।

यसैगरी माओवादी नेताहरू जनार्दन शर्मा एवं वन तथा भूसंरक्षणमन्त्री शक्ति बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव बालुवाटारमा गएर प्रधानमन्त्रीलाई नियमित ब्रिफिङ गर्ने मन्त्रीमा पर्छन्। अन्नपूर्णपोष्टबाट

63 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank