पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको सुझाव

बुधबार, असार १७, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीहरुले कुनै पनि हालतमा पार्टी एकता जोगाउन सुझाव दिएका छन ।  बुधबार बिहान प्रधानमन्त्री ओलीले मंगलबार नेकपा स्थायी कमिटी बैठकमा राजीनमा माग गरेपछि मन्त्रीहरुसँग परामर्शका लागि बोलाएका थिए ।

सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् ।  सहभागी नेता एवम मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराइले जनाएका छन ।

त्यस्तै कृषि मन्त्री घनश्याम भुसालले अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments