कमिशनको लोभमा मापदण्ड विपरित साझाका गाडि विमानस्थलमा लगाउन मन्त्री शाहीको दवाव

मङ्लबार, माघ ४, २०७३



काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवन बहादुर शाहीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा साझा यातायातका गाडि भाडामा लगाउन दवाव दिएका छन् ।
विमानस्थलको संवेदनशिल क्षेत्रमा अन्तराष्ट्रिय मापदण्ड विपरितका साझाका दुई वटा गाडिलाई वार्षिक झण्डै एक करोड भुक्तानी दिने गरी भाडामा लगाउन मन्त्री शाहीले नेपाल वायुु सेवा निगमका महाप्रबन्धक सुुगतरत्न कंसाकारलाई दवाव दिएको स्रोतले नेपालपाटीलाई जानकारी दिएको छ ।

साझा याातायातका कायम मुकामय कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेको लबिङबाट प्रभावित भएर मन्त्री शाहीले यस्तो दवाव दिएका हुन । सुरुमा दुुई वटा बस विमानस्थलको भित्री खण्डमा भाडामा लगाउन मन्त्री शाहीले नेपाल वायु सेवा निगम संचालक समितिको बोर्ड बैठकमा दुई पटक ठाडो प्रस्ताव राखिसकेका छन् । उनले दुुई वटा गाडिको भाडा वार्षिक एक करोडका दरले तिर्ने गरी निर्णय गर्न दवाव दिएको स्रोतले बतायो । ‘मन्त्रीले दुई पटक बोर्ड बैठकमा साझालाई विमानस्थलभित्र भाडामा लगाउन हाम्रो एमडीलाई दवाव दिनुुभयो । तर अन्तराष्ट्रिय मापदण्ड विपरित विमानस्थलको भित्री भागमा साझाका गाडि हाल्न मिल्दैन ।’

अन्तराष्ट्रिय उड्यन प्राधिकरणले विमानस्थलको भित्री खण्डमा प्रयोग गरिने सवारीका साधनहरुको निश्चित मापदण्ड जारी गरेको छ । जसअनुसार विमानस्थलभित्र प्रयोग हुने बसको हकमा यात्Kansakar1रुु सजिलै चढ्न मिल्ने उचाई भएको हुनुुपर्ने, हावाको मात्रा तथा तापक्रम (एयर कण्डिशन तथा हिटिङ) मिलेको हुनुुपर्ने, यात्रुका ह्याण्ड क्यारी समातेर सजिलै राख्न सकिने किसिमको हुनुपर्छ । यसका साथै आपतकालिन अवस्थामा खोल्न मिल्ने झ्याल र ढोका भएको हुनुपर्छ । तर साझाका कुनैपनि बसहरु सो मापदण्डभित्र नपर्ने नेवानिका ती अधिकारीले बताए ।
मन्त्री शाहीले दीर्घकालिन कमिशनको लोभमा जब्र्बजस्ती विमानस्थलको मापदण्ड विपरितका गाडिहरु प्रवेश गराउन लागि परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत नेवानीका कर्मचारीहरु बताउँछन् । साझालाई एक वर्षमा दुुई वटा गाडि संचालन गर्न दिए वापत्को एक करोड रकम निकै महङगो भएको ती अधिकारीले दावी गरे । उनले भने ‘पहिलो कुरा त पुर्ण रुपले साझाका गाडिहरु मापदण्ड विपरितका छन् । दोस्रो कुरा भाडा निकै महङगो भयो । साझाले बाहिर कमाउने भन्दा विमानस्थलभित्र झण्डै तीन गुुणा बढी कमाउने गरी दिन दवाव आएको छ ।’

मन्त्री शाहीले साझाको एउटा गाडिलाई करसहित प्रतिदिन बिस हजार रुपैयाँँ भुक्तानी दिनेगरी सम्झौता गर्न महाप्रबन्धक कंसाकार लगायत निगमका उच्च अधिकारीहरुलाई दवाव दिदै आएका छन् ।

डुुबेको वायुुसेवा निगमलाई रसातलमा पार्ने एउटा खेल
अझ अच्चमको कुरा त के भने नेपाल वायुु सेवा निगमले विमानस्थलको भित्री भागमा प्रयोग गर्ने गरी आफ्नै गाडिहरु खरिद गर्न युरोपको एक कम्पनीसंग सम्झौता गरिसकेको छ । त्यसका लागि अन्तराष्ट्रिय स्तरमा टेण्डर समेत मागेर अबको तीन महिनाभित्र गाडिहरु नेपाल आई सक्ने निगमले जनायो । ति गाडिहरु आईसकेपछी गाडिलाई तिर्नुपर्ने भाडा बच्दा निगमलाई सानै भएपनि राहात मिल्नेछ ।

आफ्नै गाnacडि तीन महिनाभित्र आईपुुग्ने र इण्डियन एयरलाईन्सले निगमका गाडिहरु आउन्जेलसम्मका लागि निशुुल्क बस दिने बताउँदा बताउँदै पनि मन्त्री शाहीले जसरी पनि साझालाई भाडामा लगाउन निरन्तर दवाव दिन छोडेका छैनन् । निगमका महाप्रबन्धक कंसाकारले निगमले आफ्नै गाडि खरिद प्रक्रिया अगाडि बढाई सकेको भन्दै अन्य कम्पनीका गाडिहरु भाडामा लिदा थप आर्थिक भार थपिने जानकारी मन्त्री शाहीलाई गराएका थिए । सुरुमा सो कुरामा सहमत भएका मन्त्रीले पछी भने लगातार साझाका गाडिलाई भाडामा लगाउन दवाव दिन थाले ।

मन्त्रीको दवावपछी निगम व्यवस्थापन समस्यामा परेको छ । ‘हामी जसरी पनि निगमलाई सुुधार्ने गरी लागिरहेका छौँ । तर मन्त्रीहरु नै पैसामा बिकेर सरकारी स्वामित्वको निगमलाई डुुबाउने खेलमा लाग्छन् । वर्तमान मन्त्री पनि पैसाकै भोका रहेछन् ।’ निगमका उच्च अधिकारीले गुुनाशो गरे ।

यसरी दुुई वटा गाडि भाडामा लगाउन साथ सुरुमा एक वर्षको सम्झौता भएपनि पछी तोड्न निकै मुस्किल हुने भएकोले निगम व्यवस्थापन बढी चिन्तत भएको हो । सामान्य काममा समेत प्रत्यक्ष हात हाल्ने मन्त्रीहरुको स्वार्थका कारण निगम धराशयी अवस्थामा पुुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments