स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट

बुधबार, चैत्र ७, २०७४



काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् । उनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सवैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराए ।

मन्त्री विष्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन तथा श्रम क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन गएको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का पदाधिकारी तथा प्रतिनिधिहरुको टोलीसँग उनले यस्तो बताएका हुन् । भेटघाटमा जिफन्टका तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तरगत तत्काल गर्नुपर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नुपर्ने सुधारहरू, संस्थागत विकास सम्वन्धमा थप सुझावहरू र रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरू दिइएको थियो ।

जिफन्टका सचिव रमेश बडालले श्रम ऐन वमोजिम केन्द्रीय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गरे । स्थायी न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न र वैशाख १ गतेदेखि काम शुरु गरी असार मसान्तभित्र घोषणा गर्न पनि सुझाव दिए । नयाँ दर साउन १ गतेबाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गरे । योगदान आधारित सामाजिक सुरक्षा ऐन आए पनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरि यस अन्तरगतको सुरक्षा योजना तयार गर्नु पर्ने उनको भनाइ छ ।

361 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank