मुख्यमन्त्रीसँग झगडा : मन्त्री स्थापितलाई हटाउने तयारी

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई सरकारले हटाउने तयारी गरेकोे छ । मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेललाई अपशब्द प्रयोग गरेर गाली गरेको आरोपमा हटाउने तयारी गरेको छ । प्रधानन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर मुख्यमन्त्री पौडेलले हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा मन्त्रालयको कामका विषयमा समिक्षा हुँदा मुख्यमन्त्रीले भौतिक विकासको गतिले काम नलिएको बताएपछि स्थापितले अपशब्द बोेलेका थिए । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति लिन नसकेको भन्दै कार्यशैली सुधार्न मुख्यमन्त्रीले भनेपछि स्थापितले तत्काल प्रतिवाद गरेका थिए ।

201 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank