आँप बोकेको मिनीट्रक त्रिशूलीमा खस्यो

शुक्रबार, जेष्ठ १०, २०७६



चितवन । भारतबाट काठमाडौँतर्फ आइरहेको  एक भारतीय नम्बरको मिनीट्रक आज बिहान  त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।

फलफूल बोकेर वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

 

आँप बोकेर काठमाडौँ आउँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरु दुवैको अवस्था सामान्य रहेको छ ।  दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata