मिनी ट्रक दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

बिहिबार, असार १९, २०७६



धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-६ काउलेडाँडामा आज(बिहिबार) दिउँसो मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  ३ जना घाइते भएका छन् ।

धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक कच्ची सडकखण्डमा दुर्घटना हुँदा सोही ठाउँका ३६ वर्षीय कृष्ण रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइते हुनेहरुमा ज्वालामुखी गाउँपालिका-६ कै २२ वर्षीया बिनु सुनार, उनकी २ वर्षीया छोरी कपिज सुनार र २५ वर्षीय दिवाकर ढकाल रहेका छन् ।

बिनुको दुवै खुट्टामा चोट लागेको छ उनकी छोरी भने सामान्य छन् । ढकालको दुवै  खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

ट्रक उकालो कच्ची सडक चढ्ने क्रममा ब्रेक फेल भइ सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments