संसदीय समिति नबन्दा नागरिकका मुद्दामा ‘तालाबन्दी’

सोमवार, जेष्ठ १४, २०७५



काठमाडौं । एक महिनाअघि नै बनिसक्नुपर्ने संसदीय समितिहरु अहिलेसम्म पनि बन्न सकेका छैनन । मिनी संसद मानिने संसदीय समितिहरु नबन्दा संसदीय अभ्यास कमजोर भएको छ । सरकारका काम कारवाहीको निगरानी गरी जनताप्रति उत्तरदायी वनाउने मिनि संसद भनिने संसदीय समितिहरुमा दलहरुले चासो दिएका छैनन । १० समिति बनाउने विषयमा यसअघि सहमति भइसकेपनि निमायवली विवादको कारण देखाएरु समिति गठन गर्न आनाकानी भइरहेको छ ।

कानून निर्माण देखि जनचासोका विषयमा गहन छलफल गर्ने र सरकारलाइ अंकुश लगाउने थलो नै नहुँदा नागरिकका मुद्दामा संसदमा छलफल समेत हुन सकेको छैनन । संसद गठन भएको झण्डै चारमहिना तिर पुग्दा पनि समिति गठन नहुन संसदीय  मर्यादाकै अपमान भएको संविधानविद् निलाम्बर आचार्यको तर्क छ ।

‘ सरकारलाइ जिम्मेवार बनाउने मात्र होइन, संवैधानिक निकायको अनुगमन गर्ने अधिकार समेत समितिलाइ छ ।’ आचार्यले भने, ‘संसदीय समिति नै नभएपछि सरकार छाडा हुन्छ । नागरिकका मुद्दामा नीतिगत छलफल हुँदैन ।’ समिति नहुँदा नागरिकका मुद्दामा तालाबन्दी नै जस्तै भएको विज्ञहरुको टिप्पणी छ ।

संसदीय समिति नहुँदा राजदुत एव‌ं संवैधानीक निकायका पदाधिकारीको नियुक्ति, अख्तियार सर्वोच्च अदालतमा नियुक्ति जस्ता काम पनि प्रभावित भएका छन् । संसद भएपनि समिति नबन्दा ती काम अगाडी बढाउन सकिदैन । सांसदलाई फोजदारी अभियोग लागे निलम्बन गर्न हुने या नहुनेमा विवाद हुँदा संघीय संसदको नियमावली पारित भएको छैन । त्यो पारित नहुँदा समितिहरु रोकिएको संसद सचिवालयले जनाएको छ ।

सरकारको निती कार्यक्रम र बजेटमाथि पूर्व छलफल पनि यसपटक संसदीय समितिमा हुन सकेन । यसअघि संसदीय समितिमा विषयगत छलफल हुने गरेको थियो ।

325 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank