सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल

मङ्लबार, बैशाख १८, २०७५



बुटवल । नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाए ।

रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उनको छ ।

काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले भने घएकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।’

470 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank