मदन भण्डारी कम्युनिष्ट आत्मजन मित्रलाई के भन्छन होला?- सांसद रिजाल

मङ्लबार, फाल्गुन १३, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा महाराजाको स‌ज्ञा दिएका छन ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद रिजालले कम्युनिष्ट सरकारको काम देखेर जन आक्रोश बढेको बताउँदै जवाफ दिन माग गरेका छन । केपी शर्मा ओलीको जन्मउत्सवको विषयलाई लिएर कडा शब्दमा टिप्पणी गरे । तामझामका साथ ५ वटा हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्‍त्रीले जन्मदिन मनाएको विषयमा उनले भने, त्यो घरलाई पनि लाग्यो होला । आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो। त्यो घरको आत्माले तपाईंलाई चिनेन होला। त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्‍नुभयो भन्दै प्रश्न समेत गरेका छन ।

तपाईंले ४ हजारलाई साडी र कोट बाँडेको कुरा बाहिर आयो। सांसद रिजालले भने, त्यो देखेर आफ्नो जन्मदिनमा चकलेट बाँड्ने पूराना राजा, महाराजालाई इर्ष्या लाग्यो होला।

हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी भन्दै प्रश्न समेत गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments