अफगानी पत्रकारको दिनदहाडै गोली हानी हत्या

सोमवार, बैशाख ३०, २०७६



एजेन्सी । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी अफगानी पत्रकार मिना मंगलको राजधानी काबूलमा शनिबार दिनदहाडै गोली हानी हत्या गरिएको छ ।

अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकारको भूमिका निभाइरहेकी मंगल काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ ।

अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् । मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर खुलासा हुन भने सकेको छैन्  ।

अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् ।

आइएसआइएस र तालिवान जस्ता समुहको बारबार निशानामा रहिरहेको काबुल शहरमा भएको यस घटनाले देशमा बहसको स्थिति सिर्जना गरेको छ ।

मंगलले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् ।

धम्की किन दिइयो भनेर स्पष्ट जानकारी नपाएपनि पुलिस प्रवक्ताले रोयटर्सलाई पारिवारिक कलहमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए ।

Madam Frogh@FroghWazhma

Can’t stop my tears at the loss of this beautiful soul. She had a loud voice, & actively raising voice for her people. In this Facebook status she says she’s threatened & she says she she trusts her Allah & that a strong woman isn’t scared of death. RIP Mina Mangal

361 people are talking about this

उनको हत्या पछि अफगानको सोसल मिडियामा देशमा महिलामाथि हुने हिंसा कतिसम्म छ भनेर बहस गर्न थालेका छन् ।

‘एक महिलालाई दिनदहाडै हत्या गरिन्छ किनभने एक पुरुषले उनको हत्या गर्नुपर्छ भन्ने सोचे,’ वाहज्माले ट्विटमा लेखेकी छिन् ।

  1. A woman has been killed in day light because a man thought she deserves to be killed. The jobs she had empowered her to write & actively raise her voice. It’s her empowerment & resilience that patriarchy is afraid of & aims to suppress. If she was a silent woman like others…

  2. امکان دارد یک کمی مهربان شویم به یکدیگر؟ شاید چیزی از شان ما کم نشود. اما به این اندازه تلخ و آزاردهنده بودن به یکدیگر ظلم است، بخدا! قاضی شدن، ظالم شدن شاید از مهربان بودن کرده سخت تر باشد. چون با انجام هر بدی، هر سخن رنجور به یکدیگر ، توته ای انسانیت در وجود ما میمیرد.

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank