एमाले–माओवादी एकताले समृद्धिको ढोका खोल्छः कांग्रेस नेता विश्वकर्मा

बुधबार, फाल्गुन २, २०७४



काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रवीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा विश्वकर्माले आफू सुरुदेखि नै दुई पार्टीवीचको एकताको पक्षमा रहेकोले एमाले–माओवादीबीच एकता भए मुलुक र जनताको लागि पनि शुभ हुने विश्वास दिलाए । उनले भने, ‘म त दुई पार्टी मिल्नुपर्छ भन्ने पक्षको मान्छे हुँ, उहाँहरुबीच एकता भयो भने यो खुशीको कुरा हो, यदि भएन भने पनि उहाँहरुलाई एक बनाउन अर्थात मिलाउनको लागि कांग्रेसले मध्यस्थता गर्छ, म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’

विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधि सभा समानूपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाउना साथ प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने स्पष्ट पारे । उनले मुलुकलाई सही दिशातर्फ डोर्याउनको लागि कांग्रेस नेतृत्वको सरकारले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको दावी समेत गरे ।

78 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank