सैनिक विमान दुर्घटनामा १८ को मृत्यु

शुक्रबार, पुस १८, २०७६



एजेन्सी । सुडानको डार्फर क्षेत्रमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ । वेस्ट डार्फर राज्यमा भएको सो दुर्घटनामा मृत्यु हुनेमध्ये चार जना बालबालिका समेत रहेका छन् ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमा नै विमान दुर्घटनामा परेको थियो ।

सो विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएका क्षेत्रमा राहत प्रदान गरिरहेको थियो ।

सैनिक प्रवक्ता मोहम्मद अल हसनले मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण रहेको जानकारी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments