मिक्लाजुङ हत्याकाण्ड: सिसाकाण्ड ढाकछोप गर्दा नौ जनाले ज्यान गुमाए

शनिबार, जेष्ठ ११, २०७६



फिदिम । सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ छ ।

वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा आठ जना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो । नुनमा सिसा मिसाउनेविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको स्थानीय सीता घिमिरेको भनाइ छ। ‘सिसा मिसाउनेविरुद्धको जाहेरीलाई प्रहरीले चासो दिएन’, घिमिरे भन्छिन्, ‘उक्त घटनालाई गम्भीर रूपमा नलिएकाले नौ जनाले ज्यान गुमाउनुपरेको हो ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank