तालिबानसँग ‘शान्ति सम्झौता’ गर्न अमेरिका अनिच्छुक

बिहिबार, भदौ १९, २०७६



एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले आफ्नो विशेष दूतद्वारा तालिबानसँग गरिएको शान्ती ‘शान्ति सम्झौता’मा हस्ताक्षर गर्न इन्कार गरेका छन् । अल-कायदाको विरुद्धमा लडाई लड्नको लागि ‘अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति वा फेरी पनि काबुलमा अमेरिका समर्थित सरकार’ भन्ने विषयका कुरा स्पष्ट नभएको बताउँदै पोम्पिओले हस्ताक्षर गर्न इन्कार गरेका हुन् ।

टाइम पत्रिकाले जनाएअनुसार पोम्पिओले अफगानिस्तानमा अमेरिकाको विशेष दुत जल मै खलीलजादद्वारा तालिबानको साथ नौं पटकसम्म वार्ता  पश्चात सम्झौता गर्न इन्कार गरेका हुन् ।

अफगानिस्तान, यूरोपीय संघ तथा ट्रम्प प्रशासनको अनाम अधिकारिहरूलाई सम्बोधन गर्दै लेखिएको उक्त खबरअनुसार, सम्झौता अल-कायदाको विरुद्ध लड्नका लागि अमेरिकी बलको अफगानीस्तानमा उपस्थिति, काबुलमा अमेरिका समर्थित सरकारको स्थायीत्व तथा यहाँसम्म कि अफगानिस्तानमा लडाईको अन्त्य हुने बारे केहि बोलेको छैन ।

खलीलजादको साथ सम्झौताको समय मौजुद रहेका एक अफगान अधिकारीका अनुसार, “कोहि पनि साँचो अर्थमा कुराकानी गरिरहेका छैनन् । कोहि पनि ।”

उनका अनुसार “सब कुरा अब आशामा आधारित छ । कहिँ कोहि विश्वस्त छैन । विश्वासको त कुनै इतिहास पनि छैन । तालिबानको तर्फबाट इमानदारी र भरोसाको कुनै इतिहास नै छैन ।”

टाइम पत्रिकाका अनुसार, तालिबानले पोम्पिओसँग ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ का साथ् हस्ताक्षर गर्न भनेको छ । ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ सन् १९९६ मा  तालिबानद्वारा अफगानिस्तानमा स्थापित सरकारको आधिकारिक नाम हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata