काठमाडौंमा माइक्रोबस दुर्घटना, आठ जना घाइते

शुक्रबार, असार २०, २०७६



काठमाडौं । काठमाडौंको गौरीघाटमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । ‘रत्नपार्क- गोकर्ण’ मार्ग  चल्ने बा १ ज ६१३३ नम्बरको निलो रङको माइक्रो गौरीघाटमा पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेमध्ये पाँच जनाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको अस्पतालका म्यानेजर विनोद अधिकारीले जानकारी दिएका छन्  ।

ओम अस्पतालमा उपचारका लागि पुर्याइएका घाइतेहरुमा बौद्ध नयाँबस्तीका ४६ वर्षीय मिना लामा, सिन्धुली कुरुली घर भई जोरपाटी बस्ने २३ वर्षीया सरस्वती बस्नेत, सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३० वर्षीय गोविन्द चौलागाई, दोलखा मेलुङ घर भई बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीय नविन लामा र बसुन्धारा धापासी हाइट बस्ने ४५ वर्षीय भवानी दहाल छन् ।

म्यानेजर अधिकारीका अनुसार भवानी र नविनको अवस्था गम्भीर छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata