माइक्रोबस !

शुक्रबार, असार १३, २०७६



माइक्रोबस (लघुकथा):

हुँइकिएर आएको  माइक्रोबस टक्क रोकियो ।
सहचालकले ढोका खोल्दै करायो, “कालोपुल रत्नपार्क, आउनुस, आउनुस । ”
रातो सारीमा सजिएकी रिना हतारिदै  “ए पख,पख, म पनि जाने हो ।” भन्दै माइक्रोबसको ढोका समाउदै चढीन्।
सहचालकले चालक पछाडीको बनट देखाउदै भन्यो, “अलि यता सर्नुस् त, यहाँ चार जना अटाउनु पर्छ ।”

अघिदेखि बसेकी सानी नानीतिर हेर्दै रसिलाले भनी, “ए नानी तिमी त सिटमा नबस्नु पर्ने । केटाकेटी त उठे भइहाल्छ नि ! काखैमा बसे पनि हुन्छ, भाडा तिर्या छ र ? त्यसै सिट किन ओगटेकी ?”

“तिर्नैलाई सिटमा राखेको, बच्चा सिटमा बस्नु हुन्न र ? किन चरचर परेर बोल्नु भा को ?”
“तपाईंको निजी माइक्रोबस हो र ? मीठो गरि बोल्न सक्नुहुन्न ?  अरूलाई हेपेर तपाईंको मान बढ्छ ? कि पुरस्कार पाउनु हुन्छ ? ”

अर्कोपट्टि बस्ने महिलाले भनिन्, ” कति बकबक गरेकी हो ? आज त दिनै बिग्रेको जस्तो छ । श्रीमानले आफ्नै गाडीमा हिड् भन्दै हुनुहुन्थ्यो, एकछिन कुर्न सकिन र यिनका कुरा सहनु पर्यो । यसो केही बोल्नै नहुने भयो बा ! उम्रदैका तीनपात !  सकिएन सकिएन । ”

चालकले माइक्रोबस रोक्यो । फेरि दुई यात्रु चढे, महिला भित्रतिर छिरिन् । अधबैंसे पुरूष बनटमै बसे ।
एकछिन ती महिलाको फतफत सुने र बोली हाले, “नानी तिमी कति वर्षकी भयौ ? केटाकेटीको त भाडा लाग्दैन त ! काखमा बसे पनि हुन्छ । भन त कति वर्ष कि भयौ ?”

“मैले पनि त्यहि भन्या भाइ, भाडा लाग्दैन त । काखमा बसे भइहाल्छ नि ! यहाँ त बोल्नै नहुने भो बा ! ”  अघिकै महिलाले फेरि फतफताइन् ।

“लाग्दो भाडा तिरेर हिड्दा पनि  किन यस्तो अपमान सुन्न परेको ? अचम्म छ बा ! आफू बस्न नपाएपछि सानो र कम्जोरलाई उठाएर आफू बस्नलाई कति बहाना गरेको यो ?  ” रिनाले भनि ।

“हैन के को गल्फति हो ? चुपलागेर बस्नुस्, यो गाडी मेरो हो । तपाईंहरू गाडी चढ्न मन भए चुपचाप बस्नुस् नत्र यतै झारिदिन्छु ।” चालक करायो र  माइक्रोबस हुँइकायो ।

सबै हुत्तिएर पर पर पुगे ।

हुत्तिएर लडेकी सविनाले भनि, ” ए भाइ ! हामी लाग्दो भाडा तिरेर हिडेका मानिसले तिम्रो यस्तो अराजकता किन सहनु पर्ने ? गाडी रोक । यो  सानी नानीले पैसा तिरेर हिड्ने भएपछि तिमीहरूले यात्रुलाई सम्झाउने कि उफ्रन दिने हँ ?  ”
” हेर्नू बहिनी हामीले यात्रा गर्दा अरूको विषय लिएर किन झगडा गर्ने ? ”
“किन बच्चाले चाहिँ सिटमा बस्न नपाउने हो र ? लाग्दो भाडा तिरेर यात्रा गर्ने या सहुलियतको प्रयोग गरेको विषयमा हामीले किन बखडा गर्ने ?”

” यो त हेपाहा प्रवृत्ति हो । तपाईंको गाडी छ भने आफ्नै गाडीमा यात्रा गर्न सक्नु हुन्छ तर यहाँ निजी सवारीको धाक लगाउदा हामी सबैलाई तपाईंले हेप्नु भयो ।  विचार गर्नुस्  ! ”

“यस्तो गर्नु सामाजिक रूपमा असहिष्णु व्यवहार हो । तपाइँले यो नानीसगँ सरी भन्नुस । ”
” हे ! किन बबाल गरेको ? साइतै बियो । कस्ताकस्ता मानिस हालिस ए बाबू ! ” चालकले सन्कदै सह चालकलाई भन्यो ।

 सविनाले फेरि भनिन्, ” बाबू  यात्रु खराब हैन, तिमीहरूको व्यवहार र भूमिका खराब भयो । पैसा या नाफाका लागि मात्रै गाडी चलाउने हैन नि । ”
” यो त सार्वजनिक सवारी साधन हो, यस्तोमा सबैलाई समान व्यवहार गर्न जान्नु पर्छ । तिमीले यी नानीलाई हेपेर बोल्दा चुपचाप किन बस्यौ ? ”
” सार्वजनिक सवारी चलाए पछि, यात्रामा पर्ने समस्याले या पनि सुल्झाउनु पर्ने दायित्व तिमीहरूको हो । ”
“तिमीले यस्तो समान व्यवहार गर्न नसक्ने हो भने यो काम छोडी देउ । “

” हामीले लाग्दो भाडा तिर्नै पर्छ । भाडा तिरेका यात्रुहरूलाई राम्रो सेवा दिनु, बोली वचन मीठो गर्नु, उमेर अनुसार सबैलाई सम्मान गर्नु तिमीहरूको दायित्व हो । अपमान गर्ने बानी छोडेनौ भने हामी सबै भाडा नदि यहि ओर्लन्छौ । ”
वादविवाद हुँदै थियो ट्राफिकले गुडीरहेको माइक्रोबस रोक्यो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata