माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा

शनिबार, बैशाख २९, २०७५



काठमाडौँ ।
गोङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो । बानियाँटारबाट सामाखुशी जान लागेकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर गईन । “माइक्रोबस कम भएपछि खुट्टा हाल्ने ठाउँसमेत नभएपछि म हिँडेर आएको हुँ,” उनले भनिन।

यसैगरी सामाखुशीबाट रत्नपार्क जान लागेका रोहित ढकाल सवारी नपाएपछि तनावमा देखिन्थ्यो । “बस चढ्नका लागि ठाउँ नै छैन कसरी जाने”, उनी प्रश्न गर्छन । यी केवल प्रतिनिधि पात्र मात्र हुन । उनीजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा परेका छन । गँगबुँ, गल्कोपाखा, लैनचौर भएर रत्नापार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन् ।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउछन । “नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो , उनले प्रश्न गरे ।

निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनी ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गरे ।

34 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank