माइक्रो बसका चालक र सहचालकलाई आजदेखी अनिवार्य ज्याकेट

शनिबार, मंसिर १, २०७५



काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा माईक्रो बसका चालक र सहचालकका लागि शनिवारबाट ज्याकेट अनिवार्य गरेको छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक माइक्रोबसका चालक र सहचालकका लागि ज्याकेट अनिवार्य गरेको हो । चालकका लागि सुन्तला तथा सहचालकका लागि पहंलो रङ्गको रातको समयमा समेत चम्किने फ्लोरेसन्ट ज्याकेटको व्यवस्था गरिएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि भदौ ६ गतेदेखि ट्याक्सी चालकका लागि जकेट अनिवार्य गराएको थियो ।  ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त कुमार पन्तले काठमाडौंको सुन्धारामा दिउँसो १ बजे केही माईक्रो बस चालकलाई ज्याकेट प्रदान गर्दै औपचारिक उद्धघाटन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank