बेंगलोरलाई ५ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा

मङ्लबार, बैशाख ३, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले  हराएको छ ।

सोमबार राती वानखडे स्टेडियममा सम्पन्न खेलमा मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रनको लक्ष्य पुरा गरेको हो  । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई १९ औं ओभरमा समान २ छक्का र चौका सहित २२ रन जोड्दै एक ओभर अघिनै खेल जिताए । हार्दिक १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे ।

त्यस अघि ओपनर क्विन्टन डी ककले २६ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ४० रनमा आउट भए । त्यस्तै कप्तान रोहित शर्माले १९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २८ रन बटुले । ओपनर रोहित डी ककले पहिलो विकेटका लागि ७.१ ओभरभित्र ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ८ औं ओभरको पहिलो बलमै मोईन अलीले रोहितलाई बोल्ड आउट गरे । त्यसको तीनबल पछि डी ककलाई अलीले एलवी डब्लू आउट गर्दै बेंगलोरलाई खेलमा फर्काउन खोजे पनि अन्य बलरले साथ दिन नसक्दा बेंगलोर पराजित हुन पुग्यो ।

ईशान किशानले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ र क्रुनाल पान्ड्या ११ रनमा आउट भए । बेंगलोरका लागि मोईन अलीले र युजवेन्द्र चाहलले समान दुई तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।

त्यस अघि मुम्बईको घरेलु मैदान (वानखडे स्टेडियम)मा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ‌। बेंगलोरका लागि एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रनमा रन आउट भए । २० औं ओभरको दोस्रो बलमा अक्षयदिप नाथसँग रनको तालमेल गर्न नसक्दा डी भिलियर्स रन आउट हुन पुगे ।

त्यस्तै मोइन अलीले पनि सानदार ब्याटिङ गरे । सातौ ओभरको अन्तिम बलमा पार्थिव पटेल २८ रनमा आउट भएपछि मैदान छिरेका अलीले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा क्याच आउट भए । अलीलाई लाथिस मलिङ्गाले १८ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याबाट क्याच आउट गराए । अली र डी भिलियर्सले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै बेंगलोरको इनिङ्स उकासे । बेंगलोरका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

तेस्रो ओभरको पहिलो बलमा जोसन बेहरनडोफले किकेटकीपर क्विन्टन डी ककबाट क्याच आउट गर्नु अघि कप्तान विराट कोहलीले ८ रन बनाए । हार्दिक पान्ड्याले सुर्य कुमार यादवबाट क्याच गराउनु अघि पटेलले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । मुम्बईका लागि मलिङ्गाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जोसन बेहरनडोफको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै मुम्बई ८ खेलमा ५ मा जित र ३ मा हारका साथ तेस्रो स्थानमा रहेको छ ।जहाँ  बेंगलोर ८ खेलमा ७ मा हार १ मा जितका साथ अंक तालिकाको अन्तिम स्थानमा  छ । ८

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank