बैठक !

आइतवार, साउन १२, २०७६

- सीता ओझा



लघु कथा –  बैठक

” ल बैठक शुरू गरौं ! ”

” कति कुर्नु , साथीहरूको तरीका देख्दा पनि छक्क लाग्छ ।”
” तोकेको समयमा साथीहरू कहिल्यै नआउने भए । ”

श्रवणकुमारले सासै नरोकि सचिवतिर फर्केर भनें ।
दिवाकरले प्याच भने, ” यस्तै हो नि सर । ढिल मुनि र ढिल माथि भनेको ।”

” महासचिवलाई आउनै पर्दैन, पद नपाउन्जेल धनसार पाएपछि बनसार भन्थे हो कि क्या हो ?”
” के भन्नू भो ? फेरि सुनौ त  ।”

श्रवणको व्यङ्य नसकिदै दिवाकरले भने, ” सर चटनी त थप्न मिल्दैन नि ! हाहाहा …। ”
श्रवणको मुख बन्द भयो ।  बैठकका सबै पल्याकपुलुक गर्दै श्रवणले नदेख्ने गरि नजर मिलाए र चुपचाप लागे ।

निलिमा अघिदेखि यताउता गर्दै छट्पटाउदै थिइन् ।
नरेसले भने, ” किन निलिमाजी बाहिर जान खोजे जस्तो गर्दै बस्दै गरेको ? ”

” के भयो र ? ”
” आफ्नो समस्या त भन्नुपर्छ नि । सबैले सुन्न नमिल्ने हो र ? ”
” हैन, हैन सर ! ” अन्कनाउदै निलिमाले भनिन् ।

” केही अप्ठारो परेको भए बाहिर गएर फोन गर्नुस न त ।”  सरीताले भनिन् ।
निलिमा उठेर बाहिर जान मात्रै लागेकी थिइनन् ।
श्रवण गढगडाउदै बोले, ” अब कोहि बाहिर जादैन । तपाई खुरूक बस्नुस् ।  मोबाइल बन्द गर्नुस् । निलिमाजी बन्द गर्नुस् भनेको, के तरीका हो नटेर्ने ? ”  भन्दै कट्किए ।

चिटचिट पसीनामा भिजेकी निलिमाले स्वर कमाउदै ” हस सर ”  भनिन् ।
आसपासका अरू दुइचारले मोबाइल हेर्न, टिङटाङ गरेर मेसेन्जर चलाउन पनि बन्द गरेनन् ।

फेरि सबैले निलिमा र श्रवणको मुखाकिर्ति हेरे ।  आज श्रवणले दिवाकरको रिस निलिमालाई पोखे ।  सायद निलिमासगँ  काम गर्दाको स्वास्थ नमिलेको पुर्वाग्रह पनि थियो होला ।
तर निलिमा त संस्था र जिम्मेवारी प्रति सारै इमान्दार थिइन् भन्ने सबैलाई लाग्यो ।

रामुले त्यहि बेला खाजा है खाजा भन्यो । मालिक र दासको युगमा जस्तै सबै चुपचाप खाजा समाउन थाले ।
निलिमा चुपचाप प्याग बोकेर बाहिरिइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata