सर्वदलीय बैठक सम्पन्न,सीमाको विषयमा वार्ता र कूटनीति मार्फत समस्या समाधान गर्न जोड

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बोलाइएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।  मङ्गलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठक करिब ३ घण्टा गहन छलफलसहित समापन भएको हो ।

बैठकमा देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरू समक्ष प्रधानमन्त्रीज्यूले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

साथै वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय भएकोमा जोड दिइएको छ । संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरूसँग बैठकमा विशेष अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments