नेपाली भू-भाग फिर्ता ल्याउन कडाईका साथ प्रस्तुत हुन सर्वदलिय बैठकको सुझाव

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक सम्पन्न भएको छ ।  बैठकमा पूर्व प्रधानमन्त्रीहरु, क्रियाशिल राजनीतिक दलका प्रमुखहरुको सहभागी रहेको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कालपानीमा भारतले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सरकारलाई उच्चस्तरीय राजनीति र कुटनीतिक संवाद थाल्न सुझाव दिएका छन् । त्यस्तै उनले सिमानाको नदी महाकाली पूर्वका सबै भू–भाग फिर्ता गर्न आग्रह गरेका छन ।

त्यस्तै बैठकमा राप्रपाका अध्यक्ष डा. प्रकाश चन्द लोहनीले सीमा समस्याका विषयमा जनतालाई विश्वासमा लिएर प्रधानमन्त्रीलाई अघि बढ्न सुझाव दिएको बताएका छन । बैठकमा सहभागी नेताहरूले भारत र चीन दुबै देशहरूसँग वार्ता गर्दै समस्या सुल्झाउन माग गरेका छन ।
बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुझावको आधारमा अघि बढने प्रतिक्रिया दिएका छन ।

याे पनि पढ्नुहाेस

लिपुलेक प्रकरणका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments