मेस्सीले जिते छैटौं पटक युरोपेली गोल्डेन बुट

शनिबार, जेष्ठ ११, २०७६



एजेन्सी ।  युरोपेली गोल्डेन बुट अवार्ड सुपर स्टार लियोनल मेस्सीले जितेका छन् । स्पेनिस महारथि बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन् । युरोपका शीर्ष लिगहरुमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यस अवार्ड प्रदान गरिंदै आएको छ ।

मेस्सीले लगातार तेस्रो सिजन यस अवार्ड जितेका हुन् । मेस्सीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । मेस्सीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पारेका हुन् । एमबाप्पे मेस्सीसँग तीन गोलले पछि परे ।

शुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो । यस खेलमा एमबाप्पेले एक गोल मात्र गर्न सकेका थिए । उनलाई अन्तिम खेलमा मेस्सीलाई पछि पार्ने ठूलो मौका थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata