मेस्सीको ह्याट्रिकसँगै बार्सिलोना शिर्षस्थानमा

आइतवार, मंसिर २२, २०७६



एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शिर्ष स्थानमा नै अडिग रहेको छ । शनिबार राति भएको खेलमा मालोर्सालाई ५-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अडिग रहेको हो ।

बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गरे । एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले एक-एक गोल थपे । मार्लोसाका लागि दुवै गोल बुडिमिरले गरे ।

अर्को खेलमा रियल मड्रिडले स्पानियोललाई २-० गोल अन्तरले हराएको छ । रियलका लागि राफायल भाराने र करिम बेन्जिमाले एक-एक गोल गरे ।

ला लिगाका अन्य खेलमा भिल्ला रियल र एथ्लेटिको म्याड्रिडबीच गोलरहित बराबरी खेलेका छन् । सेभिल्लाले लेगानेसलाई १-० ले हराएको छ । ग्रानाडाले डिर्पोटिभो अलाभेसलाई ३–० ले हराएको छ । रियल साेसिडाडले एइवरलाई ४-१ गोलले हराएको छ ।

सेल्टा भिगो र भालाडाेलिडले गोल रहित बराबरी खेलेका छन् । गएरातिका खेलसँगै १५ खेलबाट ३४ अंक सहित बार्सिलोना शिर्ष स्थानमा छ । रियल समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । सेभिल्ला ३० अंक सहित तेस्रो स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments