मेस्सी विश्वकै शीर्ष गोलकर्ता खेलाडी हुन्, एमबाप्पेको करिअर भर्खर सुरु हुँदैछ: प्रशिक्षक थोमस टुचेल

शनिबार, फाल्गुन २५, २०७५



एजेन्सी  । फ्रेन्च क्लब पिएसजीका प्रशिक्षक थोमस टुचेलले आफ्नो टोलीका युवा खेलाडी केलियन एमबाप्पेको तुलना स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीसँग हुन नसक्ने बताएका छन् । टुचेलले फ्रेन्च खेलाडी एमबाप्पेलाई उत्कृष्ट गोलकर्ताको उपमा दिँदै तारिफसमेत गरेका छन् ।

तर, टुचेलले एमबाप्पे र मेस्सीको तुलना हुनु वा गर्नु गलत हुने बताएका छन् । ‘मेरो विचारमा एमबाप्पे एक उत्कृष्ट गोलकर्ता हुन्,’ टुचेलले भने, ‘तर, उनी मेस्सी हैनन् ।’

टुचेलले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी मात्रै नभएर उत्कृष्ट गोलकर्तासमेत रहेको समेत बताए । ‘मेस्सी विश्वकै शीर्ष गोलकर्ता खेलाडी हुन्, एमबाप्पेको करिअर भर्खर सुरु हुँदैछ,’ उनले थपे ।

टुचेलले एमबाप्पेलाई तीब्र गतिका गोलकर्ता रहेको समेत बताए । ‘मेरो अनुभवमा एमबाप्पे गोलका लागि भोका खेलाडी हुन् । उनी भर्खर २० वर्षका छन् । उनीसँग अझै लामो करिअर बाँकी छ,’ टुचेलले थपे ।

पिएसजीले फ्रान्सकै क्लब मोनाकोबाट सन् २०१७ मा खरिद गरेको थियो । २० वर्षका उनले हालसम्म पिएसजीका लागि ५० गोल गरिसकेका छन् । त्यसक्रममा उनले ७६ खेल खेलेका छन् ।

एमबाप्पे यो जिन युरोपियन गोल्डेन बुटको दौडमा समेत छन् । उनले लिग वानबाट २४ गोल गरेका छन् । बार्सिलोनाका मेस्सी उनीभन्दा मात्रै १ गोलले अघि छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank